उत्तर कोरियाद्वारा एकाबिहानै तीन क्षेप्यास्त्र प्रहार

  • काठमाडौं ।
उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ ।

बिहान ६ः४९ मा आधा घण्टाभित्र उत्तर कोरियाले छोटो दूरीका तीन क्षेप्यास्त्र परीक्षण गरेको चिनियाँ टेलिभिजन सीजीटीएनले जनाएको छ  ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो ।

केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तर कोरियाले यस्तो कदम चालेको हो । पछिल्लो समय अमेरिका र उत्तर कोरियाको सम्बन्ध चिसिदै गएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...