श्रीमतीसँग अबैध सम्बन्ध राखेको भन्दै होटल सञ्चालकले गरे ग्राहकको हत्या

  • सुर्खेत । 

सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले आफ्नी श्रीमतीसँग अबैध सम्बन्ध राखेको भन्दै शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ । 

वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोग छ । 

सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको बञ्चराले हानी हत्या गरेर अभियुक्त ढकाल फरार भएकामा प्रहरीले वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको छ । 

अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले आफ्नी श्रीमतीसँग अबैध सम्बन्ध राखेको भन्दै शाहीको हत्या गरेको बताइएको छ । यस घटनासँगै यहाँ पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । तर यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...