गृहमन्त्रीको अर्को एक्सन: फेसबुकमा फोटो राख्ने ५० बढी प्रहरीका हाकिमहरु परे कारवाहीमा

  • काठमाडौं । 
गृहमन्त्री जनार्दन शर्मा प्रहरीहरुमाथि आक्रामक रुपमा एक्सनमा उत्रिएका छन् । सामाजिक सञ्जालमा प्रहरी पोशाकमा तस्वीर राखेको भन्दै ५० भन्दा बढी प्रहरीका हाकिमहरु कारवाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले भर्खरै बढुवा भएको खुसियालीमा फेसबुकमा युनिफर्मसहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहितका प्रहरी अधिकृतमाथि २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

कानुन शाखाले एसएसपीमा बढुवा भएका देवबहादुर बोहरा, उत्तम सुवेदी, दीवस लोहनी, रवीन्द्र धानुक,एसपीमा बुढा भएका इश्वर कार्की तथा डीएसपीमा बढुवा भएका गङ्गाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालाई अल्टिमेटम सोधेको छ। 

एसपी डा. गणेश रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जालमार्फत् आचारसंहिता उल्लंघन गरेकाले स्पष्टिकरण सोधिएको उल्लेख छ । प्रहरी प्रधान कार्यालयले २०७३ वैशाखबाट नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन जारी गरेको थियो ।

तर, सर्कुलरको उल्लंघन भएको भन्दै प्रहरीले ती अधिकृतलाई स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएमा उनीहरुमाथि विभागीय कारवाही हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...