पाल्पाको तानसेनमा ढुङ्गामुनि लिङ्गेश्वर महादेवको अनौठो आकृती भेटिएपछि...

  • पाल्पा ।
पाल्पा तानसेन नगरपालिका १० तेल्घामा लिङ्गेश्वर महादेवको अनौठो आकृति भेटिएको छ । 

करिव ७० मिटरको एउटै ढुङ्गामा विभिन्न मुर्ति बनाउने क्रममा यस्तो आकृति देखिएको भालेवासलाई धार्मीक तथा पर्यटकीयस्थल बनाउदै गरेका केशव कार्कीले जानकारी दिए । ‘एउटा खस्नै लागेको ढुङ्गगा भित्र यस्तो आकृर्ति देखिएको हो’कार्कीले भने ।

तेल्घा र मदनपोखराको विचमा पर्ने भालेवास अहिले रमणीय स्थान बन्दै गएको छ । ७० मिटरको एउटै ढुङ्गामाथि विभिन्न भगवानका मुर्तिहरु निर्माण गरिएकाले बुटवल तानसेन गर्ने हजारौ यात्रुहरुको आँखा त्याहा पर्ने गरेको छ । ७० मिटरको एउटै ढुङ्गगामा ३३ कोटी देविदेउताको मुर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको कार्कीले बताए ।

हालसम्म ५ फिट अग्लो र १२ फिट लामो ढुङ्गाको हात्ती र बुढानिलकण्ठको मूर्ति निर्माण भैसकेको तथा पहिलो चरणमा १३ ओटा मूर्ति तथा आकृति निर्माण गरिने कार्कीले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...