छात्रामाथी यौन हिंसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

  • काठमाडौं ।
रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस प्रदर्शनी मार्गका एक प्राध्यापक पक्राउ परेका छन् । बिहिवार आरआर क्याम्पसका समाजशास्त्रका प्राध्यापक विष्णु आचार्य पक्राउ परेका हुन् ।

आरआर क्याम्पसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा आचार्य पक्राउ परेको महानगरीय पहरी परिसर काठमाडौंका डिएसपी शिद्धीविक्रम शाहले जानकारी दिए ।

आचार्यलाई क्याम्पस अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

२०७४ साउन १९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...