अवलोकनको बहानामा सुटुक्क भरतपुर पुगेर रेणुलाई भोट मागे प्रधानमन्त्री देउवाले !

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस-माओवादी केन्द्र गठबन्धनकी उम्मेद्धार रेणु दाहाललाई भोट मागेका छन् । बुधबार भरतपुर पुगेका देउवाले रेणुलाई भोट माग्दै कांग्रेसका कार्यकर्ताहरुलाई हँसिया हतौडामा मात्र भोट हाल्न निर्देशन समेत दिए । 

भरतपुर महानगरपालिका वडा नं १९ मा साउन २० गते निर्वाचन हुँदैछ । सडक खण्डको अवलोकन निरक्षणमा गर्न पुगेका देउवा त्यहाँ पुग्दा निर्वाचनको माहोल शुन्य थियो । माहोल शुन्यको बेलामा उनले चितवन कांग्रेसका नेता कार्यकर्तालाई भेटघाटका लागि बोलाएर चुनाबमा हँसिया हतौडामा भोट हाल्न निर्देशन दिएका हुन् ।

देउवाले ४५ मिनेटको छलफलमा माओवादी उम्मेद्धार रणु दाहाललाई जिताउन कांग्रेस नेता कार्यकर्तालाई प्रचार गर्न आग्रह गरेका थिए । 'जसले गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन,त्यसैले म त्यस्ता कार्यकतालाई कारवाही गर्छु ।' देउवाको भनाई उदृत गर्दै कार्यक्रममा सहभागी एक  कार्यकर्ताले भने ।

माओवादी केन्द्रका अध्यक्षसँगको छलफलपछि नारायणगढ-मुग्लिन सडकखण्डको अवलोकन गर्ने बहानामा देउवा भरतपुर् पुगेका थिए । प्रधानमन्त्री देउवाले बुधबार नारायणगढ-मुग्लिन सडकखण्डको हवाई तथा स्थलगत अवलोकन पनि गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...