चुनावको मुखैमा गच्छदारका दाहिने हात रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश गर्दै


काठमाडौं । 

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपालभित्र शक्तिशाली पहिरो गएको छ ।

गच्छदारका निक्कै विश्वासी मानिने वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव बुधबार माअाेवादी केन्द्रमा प्रवेश गर्दैछन् ।  

बुधबार सर्लाहीमा मदिउसो एक कार्यक्रम गरि उनी आफ्ना नेता तथा कार्यकर्ताका साथ माओवादी केन्द्रमा प्रवेश गर्नका लागेका हुन् ।

उनले पार्टीका अध्यक्ष विजयकुमार गच्छदारमाथि छ बुँदे आरोप लगाउँदै साउन २४ गते आफ्नो पदबाट राजिनामा दिएका थिए । उनको राजीनामा भदौ आठ गते बसेको पार्टीको कार्य सम्पादनको बैठकले स्वीकृत गरेको छ ।

२०७४ भदौ १४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...