बाईक- स्कुटर पुरानो भयो ? टिभिएसले ल्यायो उत्कृष्ट एक्सचेन्ज मेला


काठमाडौं । 

जावालाखेल ग्राउण्डमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टिभिएस एक्सचेन्ज मेला आयोजना भइरहेको छ । 

भदौ १३ गतेसम्म आयोजना हुने मेला अवधिभर सवारीधनीहरुले आफुसँगै भएको दुई पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मूल्यमा एक्सचेन्ज गरी टिभिएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

सवारीधनीसँग भएको कुनै पनि दुई पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मूल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ ।

ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखेर कम्पनीले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को तथा बनेपामा पनि मेला आयोजना गरिहेको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...