काठमाडौंका नयाँ प्रहरी प्रमुखको यस्तो एक्सन: चर्चित डन चक्रेमिलनपछि अर्का २ गुण्डा नाइके पक्राउ

  • काठमाडौं । 
राजधानीमा गण्डागर्दी, जबरजस्ती चन्दा असुली, अपहरण, धम्की लगायतका गतिविधि गर्दै आएका टोले गुन्डा साजन महर्जनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

चर्चित गुण्डानाइके मिलन चक्रे शुक्रबार पक्राउ परे लगत्तै महर्जन पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरले सोमबार सामाखुसी क्षेत्रबाट महर्जनलाई पक्राउ गरेको प्रहरी भनाइ छ । महर्जन सामाखुसी क्षेत्रमा हप्ता असुली र गुण्डागर्दीमा संलग्न रहँदैआएका थिए ।

यसैबीच, काठमाडौं प्रहरीले शनिबार अर्का टोले ‘गुन्डा’ दीपक पण्डितलाई पनि पक्राउ गरेको छ । उनले बालाजु र तारकेश्वर नगरपालिकाका बिभिन्न स्थानमा ब्यापारी, होटल व्यवसायी, ठेकेदार र सर्वसाधारणहरूलाई धाकधम्की दिई हप्ता असुल्दै आएका थिए ।

नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भई तारकेश्वर नगरपालिका–१० मनमैंजु बस्ने ४१ वर्षीय पण्डितलाई पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुखमा रबिन्द्र धानुक आए लगत्तै राजधानीमा गैरकानूनी काम गर्ने गुन्डानाईकेहरू धमाधम फक्राउ गर्न थालेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...