रुपन्देहीमा सवारी दुर्घटनाः ४०१ जनाको मृत्यु, ६ सय भन्दा बढी घाइते

  • रुपन्देही । 
जिल्लामा दिनदिनै सवारी दुर्घटनाका घटना बढिरहेका छन् । पछिल्ला तीन वर्षमा दुर्घटना तीव्र गतिमा बढिहरेको छन् ।

ट्राफिक प्रहरीका अनुसार तीन वर्षमा ५५६ सवारी दुर्घटना भएका छन् । जिल्लाभित्र भएका दुर्घटनामा परी ४०१ ले ज्यान गुमाएका छन् भने ६ सय भन्दा बढी घाइते भएका छन् ।

रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा १ सय २० वटा सवारी दुर्घटनामा परी ८३ जनाले ज्यान गुमाउनुका साथै १ सय १७ जना घाइते भएका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा १ सय ८४ वटा सवारी दुर्घटनामा परी १ सय ११ जनाको मृत्यु भयो भने २ सय ४९ जना घाइते भएका थिए भने आर्थिक वर्ष ०७३/०७४ मा २ सय ४८ वटा दुर्घटनामा परी १ सय २५ जनाले ज्यान गुमाए भने र २ सय ९० जना घाइते भएका छन् ।

बढ्दो सवारी चाप, साँघुरो बाटो, क्षमता भन्दा बढी यात्रु, सडक निर्माणको अवस्था जीर्ण बन्दै जानु तथा हेलमेट तथा लेनको राम्रो प्रयोग गर्न नजान्नु दुर्घटनाका मुख्य कारण रहेको ट्राफिक प्रहरी निरिक्षक दक्षकुमार बस्नेत बताउँछन् ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक बर्ष २०७३/७४ मा मोटरसाइकल १ सय ९०, ट्रक ५३, कार-जिप ४७, बस ३८, रिक्सा, साईकल तथा ठेला २१, ट्याम्पो ४ र अन्य ६ वटा गरी २ सय ४८ वटा दुर्घटना भएका हुन ।

२०७४ साउन ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...