राजधानी फ्रिटाउन नजिकै पहिरो जाँदा बस्ती नै पुरियो !

  • एजेन्सी ।
सिएरा लियोनको राजधानी फ्रिटाउन नजिकै पहिरो गएपछि त्यहाँ पुरिएका मानिसको उद्धारकार्य जारी छ।

भारी वर्षका कारण पहिरो जाँदा एउटा पहाडको अंश खसेर नजिकैको बस्तीलाई पुरेको थियो। रिजेण्ट भन्ने स्थानमा बिहानै गएको त्यो पहिरोले दर्जनौं घरलाई पुरै छोपेको थियो।

घटनास्थलमा पुगेका उपराष्ट्रपति भिक्टर बोकारी फोहले सयौं मानिस मारिएको हुनसक्ने आशंका गरिएको बताएका छन्।

बीबीसी संवाददाता उमारु फोफानाका अनुसार कतिपय घरहरु पूर्णतया माटोमा पुरिएका छन्। घटनास्थलमा पुगेका हाम्रा संवाददाताका अनुसार पहिरो जाँदा कतिपय मानिस सुतिरहेका हुनाले त्यहीं फस्न पुगेका थिए।

मृतक र घाइतेको संख्या अहिले नै बताउन नसकिने अधिकारीहरुको भनाइ छ। फ्रिटाउन भित्र र वरिपरि ठूलो पानी परेपछि सामाजिक सञ्जाल ट्वीटरमा राखिएका तस्वीरमा मानिसहरु घुँडाघुँडा सम्म आउने हिलो पानी भएको सडकमा हिँडिरहेका देखिन्छन्।
उद्धार कार्य

एउटा पहाडको अंश नै पहिरोमा खसेपछि आपतकालीन सेवाप्रदायकहरु त्यहाँ पुगेर घरभित्रै फसेका मानिसहरुलाई निकाल्न खोजिरहेको सिएरा लियोन टेलिग्राफले जनाएको छ।

सिएरा लियोनमा बाढीपहिरो गइरन्छन् र असुरक्षित तरीकाले बनाइएका घरहरुलाई भारी वर्षाले बगाउने गर्छ।सन् २०१५ मा भएको भारी वर्षामा १० जनाको ज्यान गएको थियो र हजारौं मानिस बेघर भएका थिए। बिबिसी

,

प्रतिकृया दिनुहोस्

Loading...