सिरहा: छुट्टाछुटै दुर्घटनामा दुईजनाको मृत्यु

लहान ।

सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । 

अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी यादवको मृत्यु भएको हो । 

स ७ प ५७२४ नंको मोटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी यादवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी, पानी तान्ने मोटर पम्पबाट करेन्ट लागेर कर्जन्हा गाउँपालिका–६ निवासी ४५ वर्षीय बुधु साहको मृत्यु भएको छ । 

आफ्नै घरमा मोटरपम्पबाट पानी चढाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका साहलाई स्थानीयवासी फुलकुमारी मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरी चौकी, कर्जन्हाले जनाएको छ ।

२०७४ साउन २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...