अखिल क्रान्तिकारीको मतगणनाः गृहमन्त्री शर्माका भाई अगाडि

  • काठमाडौं । 
अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि हिजो सम्पन्‍न मतदानको गणना सुरु भएको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा भइरहेको छ । विहान ९ बजेबाट गन्ने भनिएपनि केही समय पहिले मात्रै गणना सुरु भएको हो ।

अहिले एक नम्बर बुथको मतगणना भइरहेको छ । गणनामा सहभागी एक नेताका अनुसार अध्यक्षका उम्मेदवार गृहमन्त्री जनार्दन शर्माका भाई अनिल शर्माले लिड गरिरहेका छन् । मतान्तर धेरै फराकिलो नभएको बताइएको छ  ।

मतदानस्थलमै रहेका उपाध्यक्षका उम्मेदवार दलबहादुर जिसीले भने अहिले नै कसले अगाडि र पछाडि भन्‍न नसकिने बताए । एक नम्बर बुथमा दुबै पक्षबीच कडा प्रतिस्पर्धा भइरहेको जिसीले बताए । जिसी अध्‍यक्षका अर्का उम्मेदवार रन्जित तामाङको प्यानलबाट उपाध्यक्षको उम्मेदवार हुन् ।

नयाँ नेतृत्वको लागि बुधबार दिउँसो २ः३० बाट सुरु भएको मतदान साँझ ७ बजेसम्म चलेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...