दोहोरियो सुनकाण्ड : काठमाडौंबाट २२ किलो अवैध सुनसहित सात जना पक्राउ

  • काठमाडौं ।
एउटा सुनकाण्डको सत्यतथ्य पत्ता लगाउने नपाउदै काठमाडौंमा अर्को अबैध सुनकाण्ड दोहोरिएको छ ।
बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २२ किलो अवैध सुनसहित सात जनालाई पक्राउ गरेको छ।

प्रहरीले टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिएको हो । सुनसँगै पेम्बा शेर्पालगायत ७ जनालाई पनि पक्राउ गरेको छ । तर, २२ किलोमध्ये प्रहरीले १५ किलो सुन मात्र हात पारेको जनाएको छ । ७ किलो सुन कता छ भने एकीन भएको छैन ।

ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरेर बरामद २२ किलो सुन पक्राउबारे जानकारी दिएको छ । चीनबाट रसुवा हुँदै काठमाडौं भित्र्याउने क्रममा सुन समातिएको हो । २२ मध्ये ८ केजी सुन बानेश्वरका दीपेन्द्र थापा र सरोज थापाले किनेका थिए । उनीहरुले किनेको सुनमध्ये दुई केजी काठमाण्डुमै बेचेको र अरु सुन भारत निकासी गरेको प्रहरी आशंका छ ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन पक्राउ भएको करिब ६ महिनापछि ब्युरोले यतिका धेरै परिमाणको सुन पक्रेको हो ।

सीआईबीका अनुसार संगठित अपराध एेनअन्तर्गत सात दिनको म्याद लिएर सुन तस्करीबारे अनुसन्धान जारी राखेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...