भाईलाई क्रान्तिकारीको अध्यक्ष बनाउन जनार्दन शर्मा लागिपरेपछि माओवादी केन्द्रभित्र बबण्डर

  • काठमाडौं । 
अखिल क्रान्तिकारीको २१ अौं सम्मेलनलाई लिएर माओवादी केन्द्रभित्र बबण्डर मच्चिएको छ । यहि बिषयलाई लिएर माओवादी केन्द्रका नेताहरु तीन खेमामा विभाजित भएका छन् ।

अध्यक्षको लागि अनिल शर्मा र रन्जित तामाङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । शर्मा गृहमन्त्री प्रभाकरका सरोदर कान्छा भाइ हुन् । भाइलाई जिताउन गृहमन्त्री प्रभाकर लागेको भन्दै अर्का नेता वर्षमान पुन ‘अनन्त’ पनि कस्सिएका छन् । अनन्तको समर्थनमा तामाङले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

माओवादी केन्द्रभित्र र बाहिर गृहमन्त्री प्रभाकरको बढ्दो प्रभावलाई रोक्न नेता अनन्तले अर्का वरिष्ठ नेता तथा संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ को सहयोग लिएका छन् । अनन्त र बादलले संयुक्त रुपमा प्रभाकरविरुद्ध योजना बनाएका छन् । त्यसैअनुसार विद्यार्थी चुनावमा प्रभाकरका भाइलाई हराउने रणनीतिमा बादल र अनन्त छन् । उनीहरुले तल्लोस्तरका नेताहरुसम्म छलफललाई लगेका छन् ।

छलफलमा सहभागी एक नेताका अनुसार अनन्तले छलफलमा प्रभाकरको ‘चुरीफुरी’लाई ठेगान लगाउन पर्ने धारणा राखेका थिए । ‘पछिल्लो दिनमा प्रकारले सत्ताको दुरुयोग गर्दै पार्टीभित्र चुरीफुरी बढाएका छन्,त्यसलाई तोड्नुपर्छ’ अनन्तले बादल सहभागी एउटा छलफलमा भनेको सहभागी एक नेताले भने ।

अनन्तको प्रस्तावलाई बादलले पनि साथ दिने सहमती जनाका छन् । अखिल क्रान्तिकारी चुनावमा पनि अनिलको भोट काट्ने गरी अनन्त र बादलले अर्का नेता नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर अर्याललाई अध्यक्षमा उठाएको बताइएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड भने यसपटक कसैको पक्षमा लागेका छैनन् । प्रभाकर र अनन्त दुबै समूहलाई समान व्यवहार गरेको स्रोतको दाबी छ ।

स्रोत: अनालाइन डबली

,

प्रतिकृया दिनुहोस्

Loading...