देशैभरी बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ९६ पुग्यो, ४४ बेपत्ता

  • काठमाडौं । 
अविरल बर्षापछि मुलुकको पुर्वी तराईको डुबान र देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ९६ पुगेको छ।  

देशैभरिबाट आएको रिपोर्टअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ९६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीकाअनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ । त्यसैगरी बाढी पहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । त्यस्तै विभिन्न जिल्लामा गरी २१ जना घाईते भएका छन् । 

त्यसैगरी करिव ३ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् भने ५० हजार भन्दा बढी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी बाढी पहिरोमा परि ३ हजार ७ सय ७ वटा चौपाया बेपत्ता भएका छन् ।

नेपालको पुर्वी तराइ र पहाडी भागको मौसममा केही सुधार आएपनि देशको पश्चिम भागमा भने अझै बर्षा जारी रहने अनुमान मौसम पूर्वानुमान साखाको छ ।

यस्तै देशभरी बाढी प्रभावित क्षेत्रको अनुगमन रेखदेख र आबस्यक उद्दार गर्न प्रधानमन्त्री देउवाले आफ्ना मन्त्री सेना र प्रहरी प्रशासनलाई निर्देशन दिइसकेका छन् ।  

आजै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा आफै पनि राहात सामाग्री लिएर बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका थिए।

२०७४ साउन ३० गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...