माओवादी केन्द्रका सांसदले एक महिनाको तलब बाढी प्रभावितलाई दिने


  • काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी–पहिरो पीडितलाई दिने भएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले सो निर्णय गरेको हो।

सो पार्टीकी प्रमुख सचेतक रेखा शर्माका अनुसार पार्टीका सबै सांसदको एक महिनाको तलब बाढीप्रभावितहरुको राहतमा दिने निर्णय भएको हो।

बाढीपहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा लाग्न पनि बैठकले निर्देशन दिएको छ।

२०७४ साउन ३० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...