बागलुङमा भिषण बाढी पहिरो, ४ को मृत्यु २ बेपत्ता, आधा दर्जन घर भत्किए

  • सुवास गौतम, बाग्लुङ ।
निरन्तरको बर्षाका कारण बागलुङ पश्चिम क्षेत्रकोे जनजीवन प्रभावित भएको छ । बर्षासंगै आएको बाढीपहिरोबाट पश्चिम क्षेत्रका विभिन्न ठाउमा गरी ४ जनाको मृत्यू भएको छ। 

यस्तै पहिरोमा परी २ जना अझै बेपत्ता भएका छन् । निसिखोला गाँउपालीका २ को बाहुनगाँउमा पहिरोले घर पुरीँदा एकै परिवारका चार सदस्य मध्ये दुइजनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् । 

मृत्यु हुनेमा नन्दकली छन्त्याल, विन्दु छन्त्याल छन् भने वेपत्ता हुनेमा मनिमान छन्तयाल, गिता छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काले बताए । 

त्यस्तै ढोरपाटन नगरपालीका वडा नँ ५ पाखापानीका अन्दाजि ५५ बर्षिय हुमे बिकको मृत्यू भएको छ । विकको घरमाथिबाट आएको पहिरोका कारण च्यापिएर घटनास्थलमै ज्यान गएको छ ।



परीवारका अन्य सदस्यलाई स्थानीयले उद्धार गरेका छन् । रातको साढे ३ बजे घरमाथिबाट गएको पहिरोले घर बगाएको हो । 

त्यस्तै निसिखोला गाँउपालीकाको वडा नँ १ देबिस्थानमा निसिखोला र सात्लेखोलामा आएको बाढिका कारण देबिस्थानबजारको जनजिवन प्रभावित भएको छ ।

निसिखोला गाँउपालीका वडा नँ १ हुल्दिमा लाल बहादुर सिँजालीको घर बाढिले बगाएको छ उनको आमाको पहिरोले पुरीएर निधन भएको प्रहरीले जनाएको छ । 

त्यस्तै सोहि स्थानका जोकलाल मल्लको घर बाढिले बगाएको छ । वडा नँ २ उपल्लो बेँङग्रिमा प्रेम बिक र लालसिँह बिकको घर पहिरोले पुरीएको बताईएको छ ।



देबिस्थान हर्पमा भिम बहादुर भण्डारीको घर पहिरोले पुरीएको छ । हुल्दिमा बिभिन्न स्थानमा पहिरो गईरहेका कारण स्थानीयबासि त्रसित भईरहेका हुन् । 

त्यस्तै निसिखोगा गाँउपालीका वडा नँ ३ मा निसिखोला दोश्रो लघुजलबिधुत आयोजनाको कुलो बाढिले बगाएको छ । समग्र घटनाको बिवरण आउन अझै केहि समय लाग्ने स्थानीय जनप्रतिनीधिले बताएका छन् ।


अहिले निसिखोला गाँउपालीका वडा नँ १ का अध्यक्ष ईन्द्र मल्ल सहित प्रहरीको टोली घटना स्थल गएको छ । उता वडा नँ २ का अध्यक्ष कुविर बिक र गाँउपालीका प्रमुख तारानाथ पौडेल लगाएको टोलीसमेत घटना स्थलतर्फ गरेको बताईको छ । 

हाल बिधुत आयोजना अबरुद्ध हुँदा सञ्चार सम्पर्क बिच्छेद भईरहेको छ ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...