पूजा इन्टरनेशलले ल्यायो नयाँ कार, हेर्नुहोस् यस्ता छन विशेषता


काठमाडौं ।

पूजा इन्टरनेशल नेपाल प्रा.लि.ले नयाँ एमरोक कार प्रस्तुत गरेको छ । 

बुधबार काठमाडौंमा एक समारोहकाबीच एमरोकले अरु पिकअपले गर्न नसक्ने अन्तर देशीय गतिशिलता, कार्यदक्षता र, लचकता भएको नयाँ कार र्सावजनिक गरेको हो ।

फक्सवागेनको निर्माण क्वालिटीमा ढाकिएको र मोटो धर्का परेको फ्रेमको च्यासिसमा तयार पारिएको एमरोक पूर्ण रुपमा स्मार्ट प्रविधि र डिजाइनमा आधारित रहेको कम्पनीले जनाएको छ । एमरोकको शक्तिशाली २.० लिटर टिडिआइ बाइटर्बो इन्जिनले टर्क, इन्धन खपत र कार्बनडाइ अक्साइड निष्काशनमा नयाँ मापदण्ड कायम गरेको बताइएको छ ।

अफ रोड एबिएस र इएसपिले यसलाई सबै खालका बाटोहरुमा गुडाउन एवं सुरक्षित सम्हाल्न मद्दत पुग्ने यो कारकोे अत्याधिक भार बहन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

सामान राख्नलाई पर्याप्त स्थान भएको र यात्रु बस्ने कक्षमा समेत प्रशस्त आरामदायी स्थान रहेको भन्दै कम्पनीले यो प्रोडक्ट उत्कृष्ट परिणम देखाउने दाबी गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...