एक अर्ब रुपैयाँ माग गर्दै बार्सिलोनाद्वारा नेइमारबिरुद्ध मुद्धा दायर


काठमाडौं ।

नेइमार विरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले १ अर्ब रुपयाँ माग गर्दै अदालतमा मुद्धा दायर गरेको छ ।

पिएसजी जानुभन्दा नौ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि आफ्नो सम्झौता नविकरण गरेका थिए ।

बार्सिलोनाले नेइमारसँग त्यही नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दर्ता गरेको जनाएको छ । 

बार्सिलोनासँग गरेको सम्झौता पूर्ण नभएकाले क्लबले नेइमारलाई दिएको बोनस फिर्ता मागेको बताएको छ । 

बार्सिलोनाले नेइमारसँग पचासी लाख मिलियन युरो फिर्ता मागेको छ । यो झण्डै १ अर्ब नेपाली रपैयाँ बराबरको रकम हो । नेइमारसँग बार्सिलोनाले पैसा फिर्ता गर्न ढिलाई गरेको भन्दै १० प्रतिशत थप रकम मागेको छ । 

बार्सिलोनाले यदि नेइमारले त्यो रकम तिर्न नसकेमा यसको जिम्मेवारी पिएसजीलाई लिन आग्रह गरेको छ । तर पिएसजीले भने बार्सिलोनाको व्यवहारबाट अचम्ममा परेकाे बताएको छ । पिएसजीले नेइमारले सबै कानूनी प्रकिया पालन गरेर नै आफूहरुकोमा आएको भन्दै बार्सिलोनाको व्यवहारप्रति पश्चाताप व्यक्त गर्नुबाहेक केही गर्न नसकिने जनाएको छ । 

बार्सिलोनाले अगस्ट ११ मा बार्सिलोनाको लेबर ट्रिब्युनलमा नेइमारविरुद्ध मुद्धा दर्ता गरेको छ । पिएसजी गएसँगै बार्सिलोनाले नेइमारको २६ मिलियन लोयल्टी बोनस पनि रोकेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...