चौथो सोमबारमा पनि डोलेश्वरमा भक्तजनको भिड उस्तै

  • भक्तपुर। 
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा साउनको चौथो सोमबारमा भक्तजनहरुको भिड उस्तै छ । 

अन्य समयमा चार सोमबार पर्ने भएता पनि यो वर्षको साउनमा भने पाँच सोमबार परेको र आजै चन्द्र ग्रहण लागेता पनि उपत्यकालगायत आसपासका जिल्लाबाट पूजा अर्चना गर्न भक्तजनहरुको भिड लागेको हो । 

बिहानैदेखि डोलेश्वरमा भक्तजनहरुको भिड अन्य सोमबार भन्दा अधिक रहेको र साउनको महिना शिव खुशी भएको महिना भएकाले समेत भक्तजनहरु बिभिन्न शिवालय तथा शिवको मूर्तिमा पुजा अर्चना गर्ने परम्परा रहेको मन्दिरका मूल पुजारी बच्चुराम जंगम बताउँछन् । 

उनले डोलेश्वरमा बिगतमा भन्दा अधिक भक्तजनहरु आउन थालेकोमा खुशि ब्यक्त गर्र्दै अन्य भक्तजनहरुलाई समेत यो धार्मिक तिर्थ स्थलमा पुजा अर्चना गर्न आउनलाई आग्रह गरेका छन् ।

२०७४ साउन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...