मोटरसाइकलले ठक्कर दिंदा १ काे मृत्युु

  • रबिन्द्र बराल, रंगेली माेरङ ।
सडक दुर्घटनामा परी मोरङमा एक जनाको ज्यान गएको छ । रंगेली नगरपालिका २ मङगलवारे बस्ने बर्ष ६५ का साेनि कुमार ऋिसिदेवको मृत्यु भएको हो ।  

माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका २ स्थित मङगलबारे चाेकमा अाईतबार राति ७ बजे पश्चिमबाट पुर्वतर्फ अाउदै गरेकाे काे २८ प ७९० नम्बरको माेटरसाइकलले ऋिसिदेवलाई ठक्कर दिएको थियो । 

सडक किनारामा उभिए ऋिसिदेवलाई मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका ऋिसिदेवकाे रंगेली अस्पतालमा उपचारका गर्ने क्रममा साेमबार बिहान ५ बजे मृत्युु भएकाे हाे । 

माेटरसाईकल चालक रंगेली बस्ने कमलु मन्डल भने फरार रहेको र खाेजी कार्य तिव्र भईरहेकाे ईलाका प्रहरी कार्यलयका सहि कुमार राज पाैलेले जानकारी दिए । ठक्कर दिने माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा रहेको छ।

२०७४ साउन २३ गते प्रकाशित 

,

प्रतिकृया दिनुहोस्

Loading...