भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोली हानाहान

  • काठमाडौं । 
भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा गोली हानाहान भएको हो ।

श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा रहेको उक्त क्षेत्रमा दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेको बताइएको छ । तर, क्षतिको विवरण भने अाएको छैन । भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् ।

गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो ।

भारतीय सैनिकहरुले फा र पाकिस्तानले एकले अर्काे देशलाई दोषारोपण गर्ने गरेका छन् । बिहिबारको घटनामा पनि एकले अर्काेलाई आक्रमणको दोष दिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...