भोट माग्ने काइदा बन्यो राहत वितरण, हेर्नुहोस् कांग्रेस, एमाले र माकेको यस्तो लाजमर्दो हर्कत

  • जीवन खड्का, चितवन ।
तराईका बाढीपीडितहरुलाई यतिबेला भोट माग्ने नेता कार्यकर्ता होइन दुखेको घाउमा मलमपट्टि लगाउने साहारा चाहिएको छ । 

बाढीग्रस्त तराइका जिल्ला यतिबेला राहत र उद्दारको पर्खाइमा छन् । तर प्रमुख ३ संसदीय दलहरु भने यतिबेला राहत वितरण र उद्दारलाई पीडित जनतामुखी होइन, बरु आसन्न स्थानीय निर्वाचनका लागि भोट माग्ने हतियार बनाउदै छन् ।



बाढीग्रस्त क्षेत्रहरुमा राजनीतिक दलका नेताहरुले खुलेआम रुपमा आ आफ्नो पार्टीको झण्डा बोकेर ठाउँ ठाउँमा राहत वितरणका कामहरुलाइ अगाडी बढाईरहेका छन् । 

केही दिनअघि आएको भीषण बाढीपछि सप्तरी, सिराहा, बारा, पर्सा, रौतहट, बाके, बर्दिया लगाएत जिल्लाका बाढी पीडितहरु अहिले राहत तथा उद्दारको लागि सबैसंग हारगुहार मागिरहेका छन् । तर यहाँका राजनीतिक दलहरुले भने तेश्रो चरणको निर्वाचनमा आ आफ्नो पक्षमा मत पार्नलाई राहत वितरणलाइ आफ्नो मूख्य कडी बनाइरहेका छन् ।

नियमसम्मत रुपमा जाँदा राहत पाउने प्रमुख हकदार त पूर्ण रुपमा प्रभावित नागरिक हुनुपर्ने हो तर यहाँ दलहरु स्थानीय प्रशासनको एकद्धार नीति विपरित एउटै ठाउँमा सवैले राहत बाँड्न पुगेका छन् । 

महानगरका मतदातालाई प्रभावमा पारेर आफ्नो पक्षमा ल्याउनको लागि राजनीतिक दलहरु अहिले राहत वितरणको कार्यक्रमलाई मुख्य बाहना बनाएर प्रचारप्रसारमा व्यस्त छन् । तर बाढी र डुबानले अति प्रभावित पारेको पश्चिमी र दक्षिणी क्षेत्रमा भने कुनै पनि दलहरुको चासो रहेको देखिन्न।

सरकारी राहत बोकेर आफै तराई झरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकछिन त पीडित जनताको आखामा धुलो छर्न अवश्य सक्लान तर उनको वास्तविकता सबैसामु प्रष्ट भइसकेको छ । उनले पार्टीका तर्फबाट भन्दै भकाभक वितरण गरेको राहत पार्टीको नभई सरकारी थियो । आफ्ना निकटतम नेता तथा गृहमन्त्री जनार्दन शर्मासँग सेटिंग मिलाएर प्रचण्डले आफु हिरो बन्न यस्तो हर्कत देखाई छाडे ।

त्यस्तै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीले बाढी पीडितहरुका लागि तत्काल कुनै पहल कदमी नलिए पनि अहिले भने सुटबुट लगाएर केहि बाढीपीडित जिल्लाहरुमा पुगे । 

बेला बेलामा उखान टुक्कासंगै चर्का भाषण छाट्ने एमाले अध्यक्ष केपी ओली भने यतिबेला आफु गुमनाम छन् तर आफ्ना भातृ सङ्गठहरुलाई उनले पनि पार्टीको झण्डा दिएर राहत वितरणमा पठाएकै छन् । 

बाढीले घरबार बगाएका र खाने अन्नपात समेत नरहेका पीडितहरु राहतको पर्खाइमा रहेको बेला दलका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्र भित्र पार्टीको झण्डासहित उपस्थित भएर राहत बाँड्न पुग्दा जनताले के सोचेका होलान ? यसको जवाफ सजिलै अनुमान लगाउन तपाई आफै सक्नुहुन्छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...