भरतपुरमा एमालेलाई खतरा, रेणुले भकाभक मत पाउन थालेपछि देवीको ढुकढुकी बढ्यो !

  • भरतपुर । 
भरतपुर महानगरपालिकामा नेकपा एमालेलाई खतरा बढेको छ । १९ नम्बर वडामा रेणुले भकाभक मत पाएपछि देवीको जित्ने सम्भावना न्यून बनेको छ । 

पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लाग्ने खतरा बढेको हो ।

 वडा नम्बर १९ को मतगणना सकिदाँ एमालेका देवी ज्ञवाली भन्दा माओवादीकी रेणु दाहालले झण्डै दोब्बर मतपाएकी छिन् ।  रेणुभन्दा  देवी २२१ मतले मात्र अघि छन् । 

१९ वडाको मतगणना सकिँदा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् ।

यसैगरी, वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिएको छ ।

२० नम्बर वडाको मतगणना सकिँदासम्म झिनो मतले देवीले जित्ने अपेक्षा गरिएको छ । तर रेणुकाे पछिल्लाे अग्रता हेर्दा र त्याे स्प्रिट नघटे देवी हार्ने पक्कापक्की छ ।

२०७४ साउन २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...