डोटी जीप दुर्घटनामा ज्यान गुमाउने ९ जनाको सनाखत (हेर्नुहोस् नामलिस्टसहित)

  • डोटी ।
गए राती डोटीको बोगटान गाउँपालिका–६ गगुडा धारमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ९ जनाको सनाखत भएको छ । साबिकको गगुडा गाबिसको वडा–८ कटैगाउँको धार नजिकै गाडी दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको डोटी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा :

बोगटान गाउँपालिका—१ सिमचौरका 

३५ बर्षीय बिष्णु बहादुर मगर, 
५५ बर्षीय भिम घर्तिमगर, 
५० बर्षीय बुढो घर्ति मगर, 
४५ बर्षीय गोरख थापा, 
४८ बर्षीय शसीराम बहादुर पुनमगर, 
४५ बर्षीय ललीता देबी पुन, 
४० बर्षीय टेक बहादुर पुनमगर, 
३० बर्षीय चन्द्र बहादुर घर्तिमगर 
शिखर नगरपालिका–१, कपल्लेकीका 
२८ बर्षीय चालक कृष्ण बहादुर नेगीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । जीप सडकबाट करीव चार सय मिटरभन्दा तल खसेको छ ।

कच्ची बाटो बर्षातको बेला रातीको समयमा भएको दुर्घटना के कारणले भयो भन्ने एकिन भएको छैन । यात्रुहरु बोकी बोगटान क्षेत्रका लागि हिडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नं. को जीप राती करीव १० बजे दुर्घटना भएको स्थानीयबासीले जानकारी दिएका छन ।

जिल्ला सदरमुकामबाट करीव पाँच घण्टा लाग्ने कच्ची बाटो भएका कारण घाईतेहरुको उपचारमा समस्या भएको छ ।

२०७४ साउन २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...