मेयर रेणुले गरिन विद्यार्थीसहित ४ सय जनाको हेलिकोप्टरबाट उद्धार

  • काठमाडाैँ । 
भरतपुर महानगरकी मेयरको पहलमा बिद्यार्थीसहित ४ सय जना बाढी प्रभावितको उद्दार गरिएको छ । अघिल्लो साता मात्र मेयर बनेकी रेणुले दाहालकाे सक्रियतामा भरतपुरबाट ४ सय जनाकाे हेलिकाेप्टरबाट उद्धार भएकाे हो ।

अविरल वर्षाका कारण अाएकाे बाढी पहिराेका कारण चितवन डुबानमा परेसँगै उद्धारमा जुटिरहेकी दाहालले हेलिकाेप्टर मगाएर डुबानमा परेको स्थानका विद्यार्थीसँगै ४ सयजना सथानीयहरुकाे उद्धार गरेकी हुन् । 

डुबान क्षेत्रका स्थानीयहरुको उद्धारका लागि उनलार्इ गृहमन्त्री जनार्दन शर्माले सहयाेग गरेका हुन् । रेणुले पीडितलाई राहत पुर्याउने, सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने लगायतकाक काम गरिरहेकी छिन् । 

बाढीपीडित र डुबान क्षेत्रका स्थानीयको उद्धारका लागि उनले महानगरका सबै स्राेत परिचालन गरेकी छिन् ।

२०७४ साउन ३० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...