बाढी प्रभावित क्षेत्रमा राहत लिएर आफै पुगे प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मा

  • काठमाडौं। 
निरन्तरको बर्षाका कारण पहाडी क्षेत्रमा बाढी र तराइ क्षेत्र डुबानमा परिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा आफै राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन्। 

राहतका सामाग्रीसहित प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली मध्य तथा पूर्वी बाढी प्रभावित क्षेत्रमा  नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेको हो । 

यहाँ पुगेर सरकारी टोलीले उद्धार कार्यको प्रभावकारिता निरीक्षण गर्दै थप अल्पकालिन तथा दीर्घकालिन योजना बनाउने योजना रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार बेलुकी बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले मृत्यु हुने प्रत्येक व्यक्तिको परिवारलाई २ लाख रुपैया राहत स्वरुप वितरण गर्ने निर्णय गरिसकेको छ । 

साथै, बैठकले सबै मन्त्रीहरुको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गराई बाढी प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच गृहन्त्रालयले जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुको विदा वा काज स्वीकृत नगर्ने र मनसुन अवधीभर जिल्ला नछोड्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिएको छ ।

२०७४ साउन ३० गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...