भरतपुर अपडेट : रफ्तारमा मतअन्तर घटाउदै १९ नम्बर वडामा २७२ मतले रेणु अगाडि

  • काठमाडौं ।
भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा( माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेका छन् । 

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले छ हजार ९८९ मत प्राप्त गरेका छन् । 

सो वडामा वडाध्यक्षसहित सबै नेपाली काँग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । सो वडामा हालसम्म दाहालले ज्ञवालीभन्दा २७२ मत बढी प्राप्त गगरेकी छिन । हालसम्मको परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि छन् । 

२०७४ साउन २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...