प्रधानमन्त्रीका कारण सीडीओलाई कालोमोसो दल्ने तयारीमा भिक्षुहरु !

  • काठमाडौं । 

देउवा सरकारप्रति क्रुद्ध बनेका भिक्षुहरुले सीडीओलाई कालोमोसो दल्ने तयारी गरेका छन् । अहिलेको सरकारले उनीहरुले लोभी सरकारको संज्ञा दिएका छन् ।

भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बा, विहार पुनर्निर्माणमा देउवा सरकार लाचार बनेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । सम्पूर्ण भौतिक संरचनाको तत्काल पुनर्निर्माणको माग गर्दै आइरहेको संघर्ष समितिले मंगलबार दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले आज राजधानीमा एक कार्यक्रम आयोजना गरी सो चेतावनी दिएको हो । आफ्ना मागहरुप्रति देउवा सरकार र तिनका कर्मचारी गम्भीर नभएकोले बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेकोसंघर्ष समितिका संयोजक सानुबाबु लामाले बताए ।

दोस्रो चरणको आन्दोलनमा कालोमोसो दल्ने कार्यक्रम समावेस गरिएको छ । सरकारले झुठा आश्वासन दिने र कर्मचारीले दुःख दिने गरेको भन्दै उनीहरुले आक्रोश पोखे ।

९ सय ९३ प्रभावित गुम्बालाई पूनर्निर्माणको लागि जम्मा भएको ९ सय करोड वजेटको उचित प्रयोग गर्न माग गर्दै दुरुपयोग गरिए नेपाल बन्द गर्ने चेतावनी दिए । धर्मगुरु तथा संघर्ष समितिका कोषाध्यक्ष सोलुखुम्बुका फुरी शेर्पाले ९ सय ९३ वटा गुम्बा र विहारको पूनर्निर्माण गर्न छुट्याएको बजेट जस्ताको त्यस्तै लागू गर्न माग गरे ।

तामाङ बौद्ध महासंघ नेपालका केन्द्रीय सचिव टेकराज मोक्तानले विदेशी दाताहरुबाट गुम्बा विहार पूनर्निर्माण गर्न प्राप्त सहयोग रकमलाई सदुपयोग गर्न आग्रह गरे । गुम्बा विहार पूनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको नियम अत्यन्तै जटिल र अव्यवहारिक उनीहरुको भनाई छ ।

२०७४ भदौ १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...