‘कैदी नम्बर ८६४७’ अथार्त ‘बलात्कारी’ बाबा राम रहीमको जेल पुगेपछि गरे यस्तो नाटक

  • काठमाडौं ।
दुई जना महिलालाई बलात्कार गरेको मुद्दामा १०/१० वर्ष जेल सजाए पाएका धार्मिक आश्रम डेरा सच्चा सौदाका प्रमुख गरमीत राम रहीम अब कैदी नम्बर ८६४७ बनेका छन् । उनलाई सुनारिया जेलमा राखिएको छ । 

हरियाणाको सिरसामा रहेको आश्रममा सुखसयलपूर्ण जीवन बिताएका राम रहीमले अब जेलमा अरु कैदीले जस्तै सामान्य सुविधा पाउने बिबिसीले उल्लेख गरेको छ । हरियाणा राज्यका अतिरिक्त गृह सचिवले राम रहीमलाई पनि जेलको नियम अनुसार नै सेवा सुविधा उपलब्ध गराइएको बताएका छन् । 

अदालतले १० वर्षको कैद सजायँ सुनाएपछि न्यायाधीशकै अगाडी रोए बलात्कारी बाबा राम रहिम (भिडियोसहित)

शाही पहिरन झल्किने कपडा लगाउन मन पराउँने राम रहीमले अब कैदीले लगाउने कपडा नै लगाउनुपर्ने छ ।

यसअघि उनि आफूले लगाउने कपडाका कारण समेत चर्चित ती । सामजिक सञ्जालमा उनका थरिथरीका पहिरनको चर्चा हुने गर्दथ्यो । मंगलबार गुरमीत सिंह राम रहीमलाई जेलको नियम अनुसर बिहान उठाइएको थियो । बिहान नौ बजे जेलका कर्मचारीले राम रहीमलाई अरु कैदीकै जस्तै दिनचर्या हुने बताएका छन् । 

सजाय पाउने सबै कैदीले जेलमा केही न केही काम गर्नुपर्ने भएकाले राम रहीमलाई पनि कुनै एउटा काम छान्न लगाइएको छ ।  सुरुमा केही नबोलेका उनको ११ बजे काउन्सिलिङ सुरु भएपछि मात्रै  उनि काम गर्नका लागि तयार भएका थिए । 

अन्ततः बाबा राम रहीमको बलात्कार गर्ने गुफाबारे डरलाग्दो रहस्य खुल्यो (भिडियोसहित)

उनलाई मालीको काम वा जेलमा रहेको कारखानामा केमा काम गर्ने भनेर सोधिएको थियो । मिठो-मिठो खाएर महिलामाथि बलात्कारमा उत्रिएका राम रहीमले अब प्रत्येक छाक रोटी र दाल मात्रै खानुपर्ने छ ।

सोमबार राति उनले खाना नखाए पनि मंगलबार दिउँसो भने भोकले पेटमा मुसा कुदेपछि गमगम दालरोटी खाए । सुरुमा खाना नखाने अड्डी कसेका उनले पछि जेलका कर्मचारीले त्यहीँ छोडिदिएको खाना खाएको बिबिसीले उल्लेख गरेको छ । सुरुसुरुमा गुरमीत राम रहीमले अरु कैदीसँग कुरा गर्न नमाने पनि जेल कर्मचारीसँग भने उनको सीमित कुराकानी गरेका छन् ।

बिस्तारै उनि पनि आफुले गरेको पापको सजाय भोग्दै अरु कैदीबन्दीले बिताएजस्तै सामान्य कष्टकर कैदीबन्दी जीवन बिताउनेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...