चरित्रहत्या गर्ने पत्रिकालाई कारबाहीको माग गर्दै बीना मगरले दिइन उजुरी


काठमाडौं । 

आफ्नो व्यक्तिगत चरित्र र सामाजिक प्रतिष्ठामा गरम्भीर चोट पुर्याएर समाचार प्रकाशित गरेको भन्दै नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगरले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकी छन ।

राजधानीबाट प्रकाशित हुने नेकपा एमाले निकट दृष्ट्रि साप्ताहिक र अनलाइनले २०७४ साउन २४ गते ‘प्रचण्डको तेस्रो बुहारी पनि घरेलु हिंसाको शिकार ?' शीर्षकमा प्रकाशित समाचार विरुद्ध आवश्यक कारबाहीको माग गर्दै बुधबार उनलेले काउन्सिलमा उजुरी पेश गरेकी हुन ।

‘समाचारमा उल्लेख भए अनुसारको ममाथि कुनै पीडा भएको भए पत्रिकाले सोधेर यसको सत्यतथ्य बुझी समाचार प्रकाशन गर्नुपर्नेमा आफूखुशी समाचार प्रकाशन गरी मेरो व्यक्तिगत चरित्रमा मानमर्दन भएको र सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याएर ममाथि नै पीडा थप्ने काम गरेको छ ।’ उनले निबेदनमा लेखेकी छिन ।

पत्रिका र अनलाइन संकरणले नियोजित तवरले समाचार प्रकाशन गरेकोले पत्रकार आचारसंहिता २०७३ को गम्भीर उल्लघंन भएकाले प्रचलित ऐन र कानुन बमोजिम आवश्यक कारबाही गर्न माग गरिएको छ ।

हेर्नुहोस् उजुरी पत्र

,

प्रतिकृया दिनुहोस्

Loading...