के तपाई बढ्दै गरेको फेसबुक अपराधको सिकार बन्नु भएको छैन ?


नमिता पौडेल, काठमाडौं ।

हिजो आज मौलाउदै गरेको सामाजिक सञ्जाल हाम्रो आवश्यकता भनौ या बाध्यता भइसकेको छ। नचिनेका मान्छे पनि फेसबुकबाट जोडिन्छन् । 

मित्रता पनि त्यहीबाट सुरु हुन्छ अनि तोडिन्छ पनि त्यहीबाट । कोही त्यसलाई स्वाभाविक रुपले लिन्छन् भने कोइ डिप्रेसनको सिकार पनि बनेको छन् ।

बिगत ३ हप्ता देखि यहि कुरामा मैले अनुसन्धान गरिरहेकी थिए । त्यसमा केहि प्रस्नहरु थिए । जस्तै: 

तपाई फेसबुकको फ्रेन्ड रिक्वइस्ट कसरी एसेप्ट गर्नुहुन्छ ?

तपाई नचिनेको साथी फेसबुकमा बोल्न आयो भने बोल्नुहुन्छ या हुदैन ?

मेरो पहिलो प्रश्नको उत्तर दिदै एकजना साथी भन्नुहुन्छ -'म सबैको फ्रेन्ड रिक्वइस्ट एसेप्ट गर्छु, चिनेको होस् या नचिनेको । केटा होस् या केटि तर मैले ग्रुप छुट्याइएको छैन ।' त्यस्तै गरेर अर्को साथीले भन्नुभयो -'मैले त राम्री केटिको फोटो देखेर एसेप्ट गरेको।'

अर्को उत्तर -'मेच्युअल फ्रेन्ड धेरै देखेर एसेप्ट गरेको ।' उत्तरहरु यसरी नै आए।

हामी प्रोफाइलभित्र नछिरी को हो ? कहाँ बाट कस्तो प्रकृतिको मान्छे हो ? केही नबुझिकन सिधै साथी बनाउछौ । तपाईलाई मन पर्ने खाना के ? आज कहाँ जानु भयो ? यी सबै सूचना लिएर हामी यहाँ भेट भएको भन्दै कोहि नया मान्छे तपाई कहाँ भेट्न आउछ र म चिनेरै आएको भन्ने भान गरउछ।

तपाईको फोटो अनि व्यक्तिगत सूचना लिएर एकाउन्ट बनाउछ अनि त्यसैको आधारमा अरुहरु पनि केटि होस् या केटा । म फलानो मान्छे, यहाँ काम गर्छु भन्दै अरु कसैको नाम बेचेर साथी बनाउछ ।

साथी सम्म त ठिकै हो तर त्यसैबाट ब्ल्याकमेल गर्नु,  हिंसात्मक क्रियाकलाप देखाउनुजस्ता कामहरु पनि भइरहेका छन् जस कारण धेरै मानिसहरु डिप्रेसनको सिकार पनि बनिरहेका छन् ।

हरेक कुराको सकारत्मक र नकारत्मक दुवै पाटा हुन्छन । जस्तै हामि हेरौं न - आहिले चलिरहेको डा गोबिन्द के सीको एजेण्डामा सकारत्मक सन्देश प्रवाह गर्न सामाजिक सञ्जालको ठुलो भूमिका छ ।  डिजिटल मार्केटको यो दुनियामा आवश्यकताजस्तै बनेका यी सञ्जालहरु कहिलेकाहीँ व्यक्तिगत जीवनको बर्बादी पनि बनेका छन ।

केहि दिन अघि मैले निश्चल कथाको पुरा भाग लेखि नसक्दै मलाई फेसबुकमा एउटा महिला मान्छेको फ्रेन्ड रिक्वइस्ट आयो । मैले थाहा पाए की त्यो फेक रहेछ त्यसैले मैले एसेप्ट गरिन। एकछिनमा फेरी म्यासेज आयो प्लिज दिदि मेरो कुरा सुनिदिनुहोस ! हजुर लेख्नुहुन्छ मेरो कुरा पनि अरुहरु समक्ष पुर्याइदिनुहोस न ! ताकी अरु पनि सचेत रहुन ।

मैले भने ठिक छ, भन्नुहोस ।

उहाले भन्नुभयो -' म एक अविवाहित केटी हुँ र म मेरो आमासंग बस्छु । बिगत २ वर्ष देखि म एउटा विवाहितत केटासंग रिलेसनमा थिए । उसले आफु विवाहित भएको कुरा लुकाएको थियो। हामीा  फेसबुकबाट साथी बनेका थियौं ।

बिस्तारै हाम्रो सम्बन्ध फोन हुदै भेटघाटमा परिणत भयो ।  मैले उसंग सपना बुन्न थाले । उसका हरेक बानी व्यवहारहरु मलाई मन पर्न थाले । लगभग भेटेको ७ महिनापछि म बिहे गर्ने निष्कर्षमा पुगे । उसले मलाई आफ्नो परिवारको बारेमा जे भनेको थियो त्यो मैले पत्याएको थिए । सम्बन्ध गाँसिएको २ वर्षमा जब मैले बिहेको लागि प्रस्ताव गर्न थाले उसले मलाई आफ्नो फेसबुकबाट ब्लक गर्यो। 

धेरै खोजेपछि थाहा पाए ऊ त बिबाहित पो रहेछ ।  ५ वर्ष को छोरि पनि रहेछ उसकाे । मसंग त उसले समय मात्र बिताएको रहेछ । यो कुराले मलाई यति धेरै पोल्यो कि मैले आफ्नो औकात बिर्सिको रहेछु भन्ने आभास भयो . म को हुँ ? के का लागि बाचेको छुजस्तो लाग्न थाल्यो ? 

म निन्द्राको औसधि खाएर मात्र निदाउने, भोक लाग्ने र खान पच्ने औसधि समेत खानुपर्यो । यो सबै कुराबाट दिक्क भएर अन्तत मैले बाच्नुको अर्थ छैन भन्ने लाग्यो तर मसँग आमा भएकोले आमालाईसम्झिएर आफुलाई नियन्त्रण गरे । म बाँचे दिदि, तर मलाई यो अवस्थामा पुर्याउने यहि फेसबुक हो भन्ने लाग्छ  ।

यो मेरो फेक आइडी हो र यो कुरा भन्न मैले सहि ठाँने । तपाई मलाई चिन्नुहुन्छ तर म तपाईलाई चिनाउन चाहन्न। त्यति भनेर उहाँ अफलाइन हुनुभयो । घटना साचो थियो या झुटो त्यो कुरा त मलाई पनि थाहा भन तर मैले लेख्न  भने जरुरी ठाँने।

सामाजिक सञ्जालको प्रयोग त गरौं तर सहि ढङ्गबाट मात्र,  ताकी अरुले तपाईलाई नै दुरुपयोग गर्न नसकून् र तपाईले कुनै गलत कदम उठाउन नपरोस् ।

धेरै जसो ले यी कुराहरु बुझ्नु भएको छ तर यो म्यासेज ती व्यक्तिहरुका लागि हो जसले यस्ता घटनाहरुबारे सोच्नु भएको छैन ।

प्रतिकृया दिनुहोस्

Loading...