नेकपा कार्यकर्ताले बेलुनमा कालोझण्डा बाँधेर प्रधानमन्त्रीलाई देखाउदा प्रहरी तिनछक!

  • राजिब चन्द, काठमाडौं ।
भारतमा भ्रमणको क्रममा राष्ट्रघाती सम्झौता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थलमै कालोझण्ड देखाएका छ ।

पाँच दिने भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री देउवालाई कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

प्रधानमन्त्री देउवा विमानस्‍थलमा उत्रे लगत्तै नेकपाका नेता कार्यकर्ताले नारा जुलुससहित कालोझण्डा देखाएका थिए । बेलुनमा कालोझण्डा बाधेर आकाशमा उडाउदा प्रधानमन्त्रीको सुरक्षार्थ सडकमा खटिएका प्रहरी भने छक्क परेका थिए । एकछिन उनीहरु पनि कालोझण्डासहित आकाशतिर उडिरहेको बेलुन हेरेर दंग परे ।

प्रधानमन्त्रीको बिरोध गर्न  संख्यामा विमानस्थल गेटअगाडी पुगेका कार्यकर्ताहरुले सोहि क्रममा राष्ट्रघाती सम्झौता खारेज गरे, दलाल सरकार मूर्दावाद जस्ता नारा लगाएका थिए ।


विगतको भन्दा केही फरक थियो विरोध प्रदर्शन । नेकपा कार्यकर्ताहरुले १० ओटा बेलुनमा राष्ट्रघाती कोशी उच्च बाँध सम्झौता खारेज, दलाल सरकार मुर्दावाद जस्ता नारा लेखिएका वेलुन एयरपोर्टको अाकाशमा उडेका थिए ।

देउवा बिरुद्ध गौशालाबाटै नारा घन्किन थालेपछि प्रहरीले नेकपाका २ दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
 
२०७४ भदौ ११ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...