देउवाको राष्ट्रघातबिरुद्ध कम्युनिष्ट पार्टीको प्रदर्शन, काठमाडौंबाट १३ नेता-कार्यकर्ता गिरफ्तार

  • काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको राष्ट्रघातको बिरुद्धमा नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । उक्त प्रदर्शनका क्रममा काठमाडौंबाट नेकपाका १३ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

देउवाले राष्ट्रको हितबिपरित नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको निष्कर्ष निकाल्दै नेकपाले आइतबार साँझ काठमाडौंमा प्रदर्शन गरेको हो । सोहि क्रममा पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनका केन्द्रिय नेताहरुसहित १३ जना गौशालाबाट गिरफ्तार परेका छन् ।

विरोध प्रदर्शनमा उत्रेका महिला नेतृ सावित्रा अधिकारी, मजदूर नेता कृष्ण चाैधरी, धुर्व अधिकारी, युवा जनस्वयमसेवकका महासचिव बाबुराम राई, रवी गाेले, विद्यार्थी रविन्द्र मिश्र, डा. शितल शर्मा, रण बिक, भरत तामाङ, दिवाकर कार्की, व्यवसायी युवराज पराजुली, राजकुमार बस्नेत, राेशन किराती, छविराज राईलगायत १३ जनालाई गिरफ्तार गरेको पार्टीका काठमाडौं इन्चार्ज गुणराज लाेहनीले जानकारी दिए ।

शेरबहादुर सरकारले राष्ट्रघाती सम्झाैतालाई निरन्तरता दिएकाे, सार्वमाैमिकतालाई खण्डित हुने गरी बाेलेकाेकाेले आफुहरु त्यसको विरुद्धमा अान्दाेलनमा उत्रिएको नेकपाले जनाएको छ । प्रदर्शनकारीहरुले 'राष्ट्रघाती सम्झौता खारेज गर, शेरबहादुर सरकार मुर्दाबाट' लगाएतका नारा लगाएका थिए ।

५ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा अाइतबार राति ८ बजे अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन । देउवाको बिरोधमा एयरपोर्टमै कालो झण्डा देखाउने तयारीमा रहेको नेकपाले एयरपोर्ट अगाडी बिरोध प्रदर्शन गरिरहेको छ ।

फाइल तस्वीर । २०७४ भदौ ११ मा प्रकाशित ।


,

प्रतिकृया दिनुहोस्

Loading...