परिक्षा बोर्डको यस्तो चरम लापरबाही, यसकारण हेर्न सकिएन कक्षा १२ को रिजल्ट

  • समिर चन्द, काठमाडौं ।
राष्ट्रिय परिक्षा बोर्डको चरम लापरबाहीका कारण कक्षा १२ को नतिजा सार्वजनिक हुनु अगावै सूचना चुहावट भएको छ । जसका कारण 'कक्षा १२ को रिजल्ट आउट' भएको समाचार बिहिबार साँझ ६ बजेतिर भाइरल बन्यो । तर बोर्डले अझै पनि नतिजा आफ्नो आधिकारिक वेवसाइटमा राख्न सकेको छैन ।


बुधबार दिउसो १ बजे नै 'कक्षा १२ को नतिजा बेलुका ६ बजेभित्र प्रकाशन भैसक्छ।' भन्दै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेको बोर्डले साँझ ६ : ४५ मा आएर रिजल्ट प्रकाशित नभएको कुरा पुनः फेसबुकमै लेख्यो ।


'नतिजा हेर्ने अर्को वेबसाईट, कृपया सेयर गरेर सहयोग गरिदिनुहोला। नतिजा बेलुका ६ बजेभित्र प्रकाशन भैसक्छ। www.neb.gov.np' भन्दै झुटो स्टाटस लेखेको बोर्डले कक्षा १२ को परीक्षाफल कुरेर बसेका १ लाख बढी बिद्यार्थीहरुको भावनामाथि खेलवाड गरेको छ । 



बोर्डले रिजल्ट आउट हुने समय तोक्नु, तोकेको समय अगावै रिजल्ट लिक गर्नु र फेरी रिजल्ट आउट भएको छैन भन्दै आधिकारिक धारणा दिनुले बोर्डको नैतिकतामाथि प्रश्न उब्जाएको छ ।

यसबारेमा सत्यतथ्य बुझ्न बोर्डको ०१ - ६६३१५८६ मा सम्पर्क गर्दा फोन उठेन । रिजल्ट आउट भएको सूचना लिक भएर समाचार बाहिरिएपछि आफुहरुको मोबाइलको ब्यालेन्स त्यसै खर्च भएको भन्दै हजारौ बिद्यार्थीहरु बोर्डमाथि खनिएका छन् । 


, ,

प्रतिकृया दिनुहोस्

Loading...