बल्ल सार्बजनिक भयो कक्षा १२ को परीक्षाफल (रिजल्टसहित)

काठमाडौं। 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बल्लतल्ल  प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने गत गत साउन २० गते नै प्रकाशन गरेको थियो ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि ५ बजे नै परीक्षाफल प्रकाशित भएको समाचार बाहिरिए पनि बोर्ड आधिकारिक नभएको बताएको थियो । ( यसअघिको समाचारमा प्रतिशत गलत भएकोले समाचार सच्याइएको छ ।)

२०७४ भदौ १५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...