चितवनकै छोरी र बुहारी हुन रेणु, यस्तो थियो उनको बिगत (भूमिगत जीवनदेखि सभासद् हुदैँ मेयरसम्म)

  • चितवन । 
२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन । २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भइन । 

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुन । दाहाल काठमाडौँका जिल्ला सहसचिव हुदै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन् । 

चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बनेकी थिइन । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भइन । 

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उनका एक छोरा र एक छोरी छन् । उनि भरतपुर महानगरपालिका–१० मा बस्दै आएका छन् । 

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउछिन । नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी भइन । 

जिल्ला बाहिर बसेर राजनीति गर्दै आएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो । 

यस्तै, विसं २०२४ भदौ ४ गते साविकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मिएकी उपप्रमुख शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन् । बुबा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मिएकी शाहले कक्षा दश सम्मको अध्ययन गाउँमै गरिन ।

प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शाह साविक भरतपुर नगरपालिका–१२ को तरुणदल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हँदै काठमाडौँमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्षसमेत भएर काम गरिसकेकी छिन । 

हाल उनि नेपाल महिला संघ, चितवनको अध्यक्ष हुनु । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत वहन गरिसकेकी छिन । विसं २०६२÷०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुन ।

,

प्रतिकृया दिनुहोस्

Loading...