वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय, बंकरमा बसेर ज्यान जोगाउथे पौडेल

  • राजाराम पौडेल, पोखरा ।
तनहुँको ढोरफिदि–८, साँँखेका रामबन्धु पौडेल उच्च शिक्षा अध्ययनको सिलसिलामा पोखरा आए । गाउँबाट पोखरा आएका उनलाई पोखराको सौन्र्दयताले लोभ्यायो । उनमा पोखरामा आफ्नै घर होस् । परिवारसँगै त्यहि घरमा बस्दै काम गर्न पाइयोस् भन्ने त थियो । 

अन्य धेरै इच्छा चाहना उनीसँग थिए । तर घरको आर्थिक अवस्था त्यति मजबुत थिएन । चार दाजुभाई मध्ये कान्छा उनी नेपालमानै केहि गर्न चाहन्थे । तर घरको आर्थिक अवस्थाले केहि गर्नुपर्ने बाध्यता भएपनि अगाडी बढ्न सहयोग गर्न उत्पेरित गर्ने उनले भेटेनन् । अनि आफ्ना मनका इच्छा पुरा गर्न कतार जाने निधो गरे ।

सन् २००६ मा कतार उडे । कतारको यु एस आर्मी क्याम्प भित्र उनको जागिर थियो । क्याम्पभित्र बार तथा रेष्टुरेन्टको कफि सपमा सुभरभाइजर उनी थिए । जागिर राम्रै थियो । कमाइ पनि सन्तोषजनकनै थियो । पाँच वर्ष तहाँ बसे । धेरै पैसा कमाउने हुटहुटी उनमा चढ्यो । 

अझ धेरै कमाउने आशामा सन् २०११ मा कतारबाट ज्यानको बाजी राख्दै द्धन्द्धग्रस्त मुलुक अफगानिस्तानमा पुगे । त्यहाँ पनि यु एस आर्मी क्याम्पमानै थियो उनको जागिर । कमाई त राम्रै थियो । तर खतरा त्यो भन्दा बढी । कतिबेला के हुन्छ थाहै नहुने । बम पड्कनु, हमला हुनु सामान्य थियो । वंकर भित्र बसेर ज्यान जोगाउनु पथ्र्यो । चाडपर्वको बेला आक्रमण बढी आक्रमण हुन्थे । सन् २०१५ मा उनी नेपाल फर्कीए ।


यतिबेलासम्म उनले पोखरामा बास बस्नको लागि घर जोड्न सफल बनेका थिए । अब उनमा स्वदेशमानै केही सोचको विकास भयो । अनि पोखराको उत्तमचोकमा आवर क्याफे सञ्चालन गरे । क्याफेमा आफै खटेका छन् । आम्दानी पनि राम्रै छ । मासिक कम्तिमा दूई लाख उनले बचत गर्छन् । २५ लाख लगानी गरेका उनले ६ जनालाई रोजगारी दिएका छन् । 

स्पेशल नान, तन्दुरी, पिजा, वर्गर, स्यान्डुविच, मम, चाउमिन, कफि, चिकेन ६५, खाजा सेट लगायतका परिकार खान युवा–युवती देखि परिवार सहित पुग्ने ग्राहकको भिड तहाँ देख्न्छि । खाजा खाने समयमा त भ्याई नभ्याई हुन्छ तहाँ । अब इटालियन कफि कफि सप समेत खोल्ने सोच उनले बनाएका छन् । 

एकैपटकमा ६० जनासम्मलाई खाजा खुवाउने क्षमता त्यहाँ छ । विहान साढे ६ बजेबाट बेलुका ९ बजेसम्म खुल्ने यो क्याफेमा पुग्ने ग्राहकबाट पाएको सकारात्मक सुझाबका कारण उनी हौसीएका छन् । 

‘विदेश जाँदा ज्यानको जोखिम हुने, परिवार पनि गुमाइने गथ्र्यो अहिले परिवारसँगै आफ्नै देशमा काम गर्न पाउदा सन्तुष्ट छु’ उनले भने । मेहनत गरेको खण्डमा स्वदेशमानै धेरै अवसर रहेको उनको बुझाइ छ । 

२०७४ भदौ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...