पत्रकार दवाडी र दाहाललाई बाल कल्याण संस्थाले सम्मान गर्ने

  • पोखरा ।
बाल कल्याण संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको बाल कल्याण पत्रकारिता पुरस्कार २०७४ वाट युवा पत्रकारद्धय कृष्ण दवाडी र पुष्प दाहाल पुरस्कृत हुने भएका छन् । 

पोखरावाट प्रकाशित हुने हिमाली आवाज साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक रहेका दवाडी एक दशकदेखी पत्रकारिता क्षेत्रमा कृयाशिल छन् । 

नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य रहेका उनी पिस पोखरा डटकममा समेत आवद्ध रहेका छन् । दाहाल विग एम.एम.मा कार्यरत छन् । संस्थाको आईतवारको वोर्ड वैठकले उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । 

यस पुरस्कारवाट यस अघि पत्रकारद्धय घनश्याम पाण्डे, नारायण शाही र प्रकाश ढकाल पुरस्कृत सम्मानित भएका छन् । १७ वर्षदेखी बालवालिकाको क्षेत्रमा कार्यरत रहेको बाल कल्याण संस्थाले बालवालिकाको क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारहरुलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । 

भदौ १८ गते संस्थाको ७ औँ अधिवेशन तथा १७ औँ साधारण सभाको अवसरमा उक्त सम्मान गर्न लागिएको संस्थाका सचिव माधव पनेरुले जानकारी दिए । हाल संस्थामा १७ जिल्लाका ३३ जना बालवालिकाहरु रहेका छन् । 

२०७४ भदौ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...