सर्बोच्चले शर्मालाई तारेखमा छोड्यो, अब के हुन्छ १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा ?

  • काठमाडौँ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको न्यायिक हिरासदमा रहेका चुडामणि शर्मा सर्बोच्च अदालतको आदेशमा रिहा भएका छन् । 

शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्ब २ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरी थुनामाराखेको थियो । 

शर्मा सर्वोच्चकै यसअघिको आदेशअनुसार अख्तियारको न्यायिक हिरासतमा थिए । सर्वोच्च अदालतले शुक्रबार शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आफ्ना श्रीमानलाई गैरकानूनी थुनामा राखिएको भन्दै उनकी पत्नि कल्पना उप्रेती शर्माले गत २७ असारमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिएन् । सोही रिटमा सर्वोच्चले अन्तिम सुनुवाई गर्दै रिहाइको आदेश दिएको हो ।

करफस्र्यौट आयोगको सदस्य सचिव रहँदा गैरकानूनी रुपमा करोडौं कर मिनाहा गरेको आरोपमा अख्तियारले  शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।

शर्माको रिहाइसंगै अब उनी माथि लागेको १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा के हुने भन्ने अन्यौल थपिएको छ।

२०७४ साउन २८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...