नेपाली राजनीतिमा सुरु भयो अर्को चलखेल ! सुष्मा स्वराजको रात्रिभोज ओली र प्रचण्डद्वारा बहिस्कार

  • काठमाडौं । 
नेपाली राजनीतिमा नयाँ चलखेल सुरु भएको छ ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले राखेको रात्रिकालिन भोज एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहिस्कार गरेका छन् ।

भारतीय विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने भएपछि भारतीय राजदूत मञ्जिव सिंहले एक साताअघि ओली र दाहाललाई निम्तो दिएका थिए । ओली निवास बालकोट र प्रचण्ड निवास लाजिम्पाट पुगेर राजदूत सिंहले निम्तो दिएपनि दुवै नेता सहभागि नहुँने भएका छन् ।

शुक्रवार साँझ भारतीय दूतावासले स्वराजको सम्मानमा रात्रिकालिन भोज राखेको छ । भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका नेताहरुलाई बोलाइएको छ । तर एमाले र माओवादीको दुई प्रमुख नेता भने अनुपस्थित रहने भएका छन् ।

ओलीले आज शुक्रवार नै पोखरा हुँदै मुस्ताङ जाने बहानामा स्वराजको कार्यक्रम बहिस्कार गरेका हुन भने उता प्रचण्ड पनि आजै राजधानी बाहिर जाने प्लान सेट गरेर बाहिर फुत्किन लागेका छन् ।

ओली र प्रचण्डको यो राजधानी बाहिर जाने कार्यक्रम भने बिना पुर्व तयारीको हो । 'स्वराजको कार्यक्रममा सहभागी हुनुपर्छ भनेर उहाहरुले अचानक बाहिर जाने प्लान बनाउनु भएको हो ।' स्रोतले भन्यो । भोजमा मधेसी नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवा भने सहभागी हुनेछन ।

ओली र प्रचण्डको यस प्रकारको बहिस्कार तालमेललाई अर्थपूर्ण तरिकाले हेरिएको राजनीतिक विश्लेषकहरुको तर्क छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...