प्रचण्डले पार्टीभित्र लिए यस्तो कठोर ‘एक्सन’, हेडक्वार्टरमाथि ‘कु’

  • काठमाडौं । 
नेकपा माओवादी केन्द्रले पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको केन्द्रीय कार्यालय अर्थात हेडक्वार्टर विघटन गरेको छ । २०७३ जेठमा विभिन्न पार्टीसँग एकता गर्दै माओवादी केन्द्रले ३३ सदस्यीय हेडक्वार्टर गठन गरेको थियो । जसलाई पार्टीको सबैभन्दा माथिल्लो अंग बनाइएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।

माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले हेडक्वार्टरलाई भंग गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको केन्द्रीय कार्यालय विघटन भएको र केन्द्रीय सचिवालयलाई पार्टीको सबैभन्दा माथिल्लो अंगका रुपमा लिने निर्णय भएको जानकारी दिइन् । विभिन्न माओवादी घटकको एकतापछि ३३ सदस्यीय सबैभन्दा माथिल्लो पार्टीको निकायको रुपमा केन्द्रीय कार्यालय बनेको थियो । त्यस्तै, ९९ सदस्यीय सचिवालय तथा २ सय ९९ सय सदस्यीय पोलिटब्यूरो गठन भएको थियो ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत क्रमशः विस्तार हुँदै अन्तिम समयसम्म चार हजार ९ सय ९९ सदस्यीय गठन भएको थियो । माओवादीले दुई अंकको आयोजक समिति गठन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा केन्द्रीय कार्यालय भंग गरेको हो ।

विघटित केन्द्रीय कार्यालय सदस्य मणि थापाले ३३ सदस्यीय केन्द्रीय कार्यालयलाई ९९ रुपान्तरण गरिएको बताए । विभिन्न पार्टीहरुसँग एकताका क्रममा नेतृत्वमा समानता ल्याउन केन्द्रीय कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको उनको भनाइ छ । ‘माथिल्लो अंगको रुपमा सचिवालयका सबै नेता कार्यकर्तालाई समेटेर फङसनल बढी बनाउन कार्यालयलाई सचिवालयमा रुपान्तरण गरिएको हो,’ उनले राजधानीसँग भने, ‘ पार्टी एकतामा आउने नेताहरुबिच समानता ल्याउनका लागि पनि यो गरिएको हो ।’

यसअघि हालै बसेको सचिवालय बैठकले करिब चार हजार सदस्यीय आयोजक समिति भंग गर्ने र दुई अंकको बनाउने निर्णय गरेको थियो । बैठकले सात प्रदेशबाट दुई अंकको आयोजक समिति बनाउने एजेण्डालाई अनुमोदन गराएर कार्यान्वयन गर्ने निर्णय गरेकोमा १ नम्बर प्रदेश बाहेकका प्रदेशबाट अनुमोदन समेत भईसकेको छ । भोलि बस्ने प्रदेश एकको बैठकले दुई अंकको आयोजक समिति बनाउने सचिवालयको निर्णय अनुमोदन गरेसँगै दुई अंकको आयोजक समिति गठनका लागि माथिल्लो निकायलाई बाटो खुल्नेछ ।
केही दिनमै उम्मेदवारको टुंगो

माओवादी केन्द्रले प्रदेश दुईमा अबको केही दिनमा नै उम्मेदवारी टुंगा लाग्ने जनाएको छ । प्रवक्ता भुसालले अध्यक्ष पुष्पकमल दाहाल लगायतको टिम भोलि १ नम्बर जाने र अब केही दिनमा नै उम्मेदवारी टुंगो लाग्ने बताइन् ।

२०७४ भदौ १२ मा प्रकाशित ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...