कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनसहित चार नेता ६५ दिनपछि रिहा

  • रौतहट । 
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्तकुमार लिम्बू ‘सुमन’सहित चार नेता बुधबार रिहा भएका छन् । सुमन पार्टीको मेची ब्यूरो इन्चार्ज समेत हुन् ।

सुमनसँगै झापा जिल्ला सेक्रेटरी तारा थापा, सदस्यद्वय दिलिप थापा र ताराबहादुर थापा पनि रिहा भएका छन् । उनीहरुलाई रौतहटबाट रिहा गरिएको हो । स्थानीय तहको दोस्रो चरणको चुनाव बिथोल्ने आशंकामा गत जेठ ३१ गते सुमन र तारालाई प्रहरीले झापा गरामुनिबाट खाना खाइरहेको अवस्थामा पक्राउ गरी हिरासतमा राख्दै आएको थियो ।

अर्का सदस्यद्वय दिलिप र ताराबहादुरलाई जेठ २३ गते रौतहटस्थित माओवादी केन्द्रका नेताद्वारा संचालित एक होटलबाट गिरफ्तार गरेको थियो । अनुसन्धानका लागि भन्दै प्रहरीले सुमन र तारालाई असार १९ मा झापाबाट रौतहट ल्याई संगठित अपराध र विष्फोटक पदार्थ तथा हातहतियारसम्बन्धी झुठा मुद्दा लगाई चरम यातना दिई राख्दै आइरहेको थियो ।

अभियुक्तको तर्फबाट लगाइएका मुद्दामा अधिवक्ता एकराज भण्डारी र अनन्त अधिकारीले बहस गरेपछि अदालतको आदेशमा चारै जना आज दिउँसो रिहा भएका हुन् । दुई जनालाई साधारण तारेखमा छोडिए पनि ताराबहादुर र दिलिपसँग जनही २५ हजार रुपैयाँ धरौटी लिइएको छ ।

हिरासतमा रहँदा आफूहरुलाई मानसिक र शारिरीक यातना दिइएको उनीहरुले बताए । पार्टीले लिएको दलाल संसदीय व्यवस्था विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापनाको लागि निरन्तर संघर्षमा लाग्ने उनीहरुले दोहोर्याउँदै एकीकृत जनक्रान्तिले मात्र राष्ट्रिय स्वाधीनता बचाउने बताए ।

नेकपाले मुलुकमा जनताको सत्ता चलिरहको अवस्था दलाल संसदीय व्यवस्थाले लाद्ने स्थानीय चुनावलाइ खारेज गर्ने घोषणा गरेसँगै नेता कार्यकर्ता खारेजी अभियानमा लागिरहेका बेला गिरफ्तार गरिएका थिए ।

बिनाकारण झुठा मुद्दामा आफ्ना नेताहरुलाई फसाएको भन्दै सरकारसँग रिहाइको जोडदार माग गर्दै आइरहेकोे थियो ।

२०७४ साउन २५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...