चीनमा २४ घण्टामा दुई शक्तिशाली भूकम्प, १०० जनाको मृत्यु, डेढ लाख घरमा क्षति

  • काठमाडौं । 

चीनमा चौबिस घण्टाभित्र दोस्रो भूकम्प गएको छ ।

पछिल्लो भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तानसँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पले पुर्याएको क्षतिको खबर प्राप्त भएको छैन ।

त्यसअघि दुर्गम हिमाली भेगमा ७ म्याग्नीच्यूडको भूकम्प जाँदा कैयौं मारिएका र घाइते भएका छन् ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार छिरलिएको जनसंख्या रहेको चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा गएको भूकम्पको केन्द्रविन्दु लोकप्रिय पर्यटकीय केन्द्र नजिकै रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...