देउवाको राष्ट्रघातविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गर्दै !

  • काठमाडौं । 
नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा उच्च कोशी बाँध बाँध्ने सहमति राष्ट्रघाती भएको बताउँदै विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।

अाइतबार विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्री देउवा नेपाल फर्किने दिनमा एयरपोर्टमै कालो झण्डा देखाउने तयारी गरेको बताइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...