सशस्त्र प्रहरी हत्या प्रकरणःः दुई युवतीसहित ६ जना पक्राउ

  • कञ्चनपुर ।
सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा हत्या भएको थियो ।

घटनालगत्तै अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ ।

‘हामीले अहिलेसम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिसक्यौं’ कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भने । कुँवरको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको अवस्थामा र शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो ।

२०७४ भदौ ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...