ल हेर्नुहोस् ! यस्तो पनि खानेपानी हुन्छ ?


आश तमु, पोखरा ।

विगत केही दिन यता पोखरामा खानेपानीका धाराहरुमा धमिलो पानी आउन थालेको छ। जसले गर्दा पोखराका अस्पतालहरुमा विरामीहरु बढ्दै गएका छन।

विगत केही दिन धारामा फोहोर पानी आउनुको कारण भने बर्खाको समयमा खस्ने पहिरो नै भएको नेपाल खानेपानी संस्थान पोखराका प्राविधिक अधिकृत दिनेश्वरप्रसाद यादवले बताउछन । 

पोखरामा पानी आउने मुहान क्षेत्र वरपर गएका पहिरोहरु गएको र सडक संजालको विस्तार तथा बस्ती बढेसँगै खानेपानी धमिलो आएको उनको भनाई छ । तर मर्दीखोलाबाट १६ इन्च र २० इन्चका पाइपबाट ल्याइएको पानी विना कुनै उपचार पोखराको विन्ध्यबासिनीमा भएका संस्थानको ट्यांकीमा खसाल्ने गरेको र त्यहाँ क्लोरिन मिसाएर पोखरामा पानी वितरण गर्ने गरिएको उनले जानकारी दिए । 'हामी पनि लेदो पानी पठाउने कि नपठाउने भनेर दोधारमा थियौं, तर धेरै दवाव आएपछि धमिलो नै भए पनि पानी वितरण गरिरहेका छौं, उनले भने ।

खोलाको पानी सिधै वितरण गर्ने वर्तमान अवस्था अझै चार वर्ष समाधान नहुने संस्थानले बताएको छ । खानेपानी ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि संस्थानले जाइकालाई जिम्मा दिएको छ । चार अर्व रुपैयाँ हाराहारीको लागतमा जाइकाले मर्दीबाट पोखरा आउने पानीको उपचार गर्ने कार्यक्रमका लागि टेण्डर आव्हान गर्न बाँकी छ । 

ट्यांकी लगायतका अन्य निर्माण कार्यका लागि जग्गा अधिग्रहण गरी मुअव्जा वितरणको काम करिव सकिएको बताइएको छ । तर पोखरामा मर्दी बाहेक भोटीखोला, कालिमुढा, माझकुला र घट्टेकुनाबाट पनि पानी आउँछ । मर्दीमा ट्रीटमेन्ट प्लान्ट बनाउने अन्यत्रबाट आउने पानीका लागि नबनाउने गर्दा समस्या समाधान नहुने प्राविधिक यादवले बताए ।

यसैगरी पानी फोहोर नहोस् भनी मर्दीको मुहान क्षेत्र वरपर पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल, खोराकोमुख, रिभान मा महिला पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बन्दै पनि गरेका छन् । मुहान क्षेत्रमा मर्दी खोला किनारमा लास पनि जलाउने गरिएकोमा त्यसका लागि उल्लेखित काम सुरु भएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...