अस्पतालकाे निरिक्षणपछि स्वास्थ निर्देशकले भने- ५० सैया बेडको लागि पहल गर्छु

  • रबिन्द्र बराल, रंगेली ।
माेरङकाे रंगेलीमा रहेको जिल्ला अस्पतालमा बिहीबार स्वास्थय निर्देशक द्वारा निरिक्षण गरेका छन । रंगेली अस्पतालमा रहेको भाैतिक संरचना र अाेपिडि , एक्सरे, ल्याव, अाैषधी बितरण फाँट लगायतका डिपार्टमेन्टहरुकाे निरिक्षण समेत गरेका थिए । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालय संरचना धनकुटाका क्षेत्रीय निर्देशक डाक्टर बिष्णु बहादुर वस्नेत ,स्वास्थ्य विभाग व्यवस्थापका महासाखा का निर्देशक डाक्टर बिकास देवकोटा ,वरिष्ठ जनस्वास्थ्य प्रशाशक व्यवस्थापन महासाखाका सागर घिमिरे ,स्वास्थ्य मन्त्रालयका साखा अधिकृत बिरभद्र जाेशी, रंगेली नगरपालिका का मियर दिलिप बगडिया,अस्पतालका मेसु समीर पाैडेल, बडा अध्यक्ष रामचन्द्र मन्डल लगायत हरुले अस्पताल काे निरिक्षण गरेका थिए । 

निरिक्षण पश्चात् उनिहरुले अस्पतालकाे ब्यवस्थापन राम्रो रहेको र यस अस्पतालमा ५० सैया बेडकाे लागि आवश्यक पहल गर्ने आवश्वासन दिएका छन् । रंगेलीका मेयरले भने रंगेली अस्पतालमा अाफुले नगरपालिका बाटगर्नुपर्ने सहयोग गर्न अाफु पछि नपर्ने बताए । 

रंगेली अस्पतालमा ल्याव,भिडियो एक्सरे,एक्सरे , फिजियाे थेरापी,ईसिजी, सन्चालन भए पछि अहिले माेरङकाे रंगेली ,दर्वेशा,टकुवा,कर्सिया,डाईनियाँ तथा दक्षिणी भेग र भारतकाे कुवाडी,सुर्साकट्टा, लगायतका सिमावर्ती क्षेत्रमा दैनिकी १ सय देखि डेढसय जनासम्म बिरामीहरु उपचारका लागि पुग्ने गरेकाे डाक्टर समीर पाैडेलले बताए।

२०७४ साउन २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...