चीनसँग युद्ध गर्न भन्दै दोक्लाम पुगेको भारतीय सेना रातारात भाग्यो !

  • काठमाडौं । 
अाक्रामक रुपमा चीन अगाडि अाएपछि भारतले चीन–भुटान सीमाको दोक्लामबाट आफ्ना सेनालाई रातातार फिर्ता बोलाएको छ । 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतीय सेना पछाडि हटेको पुष्टी गरेकी छन् । दैनिक प्रेस ब्रिफिङका क्रममा सोमबार हुआले आफ्ना सेना सीमाको नियमित गस्तिमा रहिरहने बताइन् ।

यता भारतीय विदेश मन्त्रालयले पनि सोमबार बिहानै विज्ञप्ति निकालेर चीनसँगको कुटनीतिक संवादलाई जारी राख्न आफ्नो सेना पछि हटेको बताएको छ ।

जारी विज्ञप्तिमा भारत र चीनले कुटनीतिक संवादलाई कायम राखेका बतउँदै संवादमा विचार, चासो र स्वार्थ पनि सम्प्रेषित गरेको उल्लेख गरिएको छ । 

चीनसँग सीमावर्ती सैनिक गतिविधिबाट छुटकारा पाउनेबारे समझदारी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक चीन अाक्रामक रुपमा अगाडि बढेपछि सम्भावित युद्ध थेग्‍न नसक्ने निष्कर्ष निकाल्दै भारतीय सेना रातारात दोक्लामबाट भागेको हो ।

चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा गत १ जुनमा चिनियाँ पक्षले भारतलाई सडक स्तरोन्नती सुरु गर्न लागेको जानकारी दिएको थियो । 

१६ जुनमा सडक स्तरोन्नती सुरु भयो र त्यसको १८ जुनमा भारतीय सेना त्यस क्षेत्रमा प्रवेश गरेको थियो । त्यसपछि चीन र भारतबीच विवाद उत्पन्न भएको थियो । तर अब भने चीन र भारतबीचको विवाद केही समयको लािग साम्य  हुने देखिएको छ ।

२०७४ भदौ १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...